चुनावसम्मै तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडाैं | साउन २०, २०७९

चुनावसम्मै तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

 

काठमाडौं: सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। 

 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।

 

बैठकमा सहभागी  नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भदौ पहिलो साताभित्र तालमेलको सबै प्रकृया टुग्याउने सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सहमति भएको अन्नपूर्णलाई जानकारी दिए ।

 

उनले भने, चुनावसम्म नै तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । भदौ पहिलो साताभित्र तालमेलको प्रकृया टुग्याउन कार्यदल गठन गरिनेछ ।

 

सरकारले बिहीबार संघ र प्रदेश सभाको निर्वाचन आगामी ४ मंसिरमा गर्ने जनाएको छ।

 

योसँगै गठबन्धनका दलहरु चुनाव तालमेलबारे तीव्र छलफलमा जुटेका छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्